काठमाडौं महानगरका वडा र राजश्व विभाग आइतबार पनि खुल्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडा कार्यालय र राजश्व विभाग आइतबार पनि खुल्ला रने भएका छन् । सरकारले जेठ १ गतेदेखि लागू हुनेगरी साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने नियम लागू गरेको छ ।

तर काठमाडौं महानगरका वडा कार्यालय र राजश्व विभाग आइतबार बिदाको दिन बिहान ८ देखि ११ बजेसम्म खुल्ने महानगरपालिकाले जनाएको छ ।

राजश्व र वडा कार्यालयमा अत्यावश्यक काम परेर आउनेहरुलाई लक्षित गरेर बिदाको दिन पनि ३ घण्टा कार्यालय खोल्ने निर्णय गरिएको महानगरको कार्यालय जनाएको छ ।

You might also like

Comments are closed.