काठमाडौं वर्ल्ड स्कुल : अन्तर्राष्ट्रियस्तरको पूर्वाधार र शैक्षिक वातावरण

शिक्षा क्षेत्रमा लामो समयको पहिचान बनाएका केही शिक्षा उद्यमीलाई नेपालमै अन्तर्राष्ट्रियस्तरको स्कुल सञ्चालन गर्नुपर्छ भन्ने महसुस भयो । यही सोचका साथ भक्तपुरको सूर्यविनायक ७, गुण्डुमा स्थापना भयो ‘काठमाडौं वर्ल्ड स्कुल’ । नेपालमा विभिन्न कलेज तथा स्कुल सञ्चालन गरिरहेका अग्रणी शिक्षाविद् र व्यावसायिक क्षेत्रमा स्थापित समूहरुको संयुक्त आबद्धतासहित यो स्कुलको परिकल्पना र विकास गरिएको हो ।

‘एक्सलेन्स थ्रु एजुकेसन एण्ड इन्नोभेसन ’ स्लोगनका साथ स्थापना भएको यो स्कुलले शिक्षा क्षेत्रमा नेपालले गरेको विकासलाई प्रतिनिधित्व गरेको छ । विद्यार्थीका लागि उच्च-गुणस्तरीय समग्र शिक्षाको माग बढिरहेको अवस्थामा नेपालमा अन्तर्राष्ट्रियस्तरको विद्यालय स्थापना भएको बताउँछन् व्यवस्थापन समितिका अध्यक्ष ई.डा. मिथलेश कुमार झा । ‘नेपालको शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको सुविधासहित विकास गर्नुपर्ने आवश्यकता महसुस गरि विद्यालय संचालन गरिएको हो,’ उनी भन्छन् । शान्त र रमणीय वातावरणमा ५५ रोपनी क्षेत्रफल जग्गामा फैलिएकोे यो विद्यालयमा अत्याधुनिक सुविधासम्पन्न विश्वस्तरीय पूर्वाधारहरू छन् ।

शहरको कोलाहल भन्दा थोरै टाढा आकर्षक र सुन्दर भौतिक संरचना तथा शान्त वातावरणको बीचमा स्कुल अवस्थित छ । नेपालको शैक्षिक उत्कृष्टताको लागि प्रतिष्ठित र उत्कृष्ट विद्यालय बन्ने भिजनसहित अगाडि बढेको यो स्कुल नेपालको उत्कृष्ट शैक्षिक गन्तव्य बनिसकेको छ । स्कुलले प्रगतिशील शिक्षण–सिकाइ दृष्टिकोणहरूमा प्रशिक्षित दक्ष तथा अनुभवी शिक्षक तथा प्राध्यापकबाट शिक्षण गर्दै आएको छ । विद्यार्थीलाई ज्ञानी, आत्मविश्वासी, जिम्मेवार र सक्रिय व्यक्तिमा रूपान्तरण गर्दै स्कुलले विश्वव्यापी समुदायमा आउने चुनौतीको सामना गर्न सक्ने व्यक्ति तयार गर्ने लक्ष्य राखेर अगाडि बढिरहेको छ । यो लक्ष्यलाई पछ्याउन स्कुल सफल पनि भइरहेको अध्यक्ष झा बताउँछन् ।

शैक्षिक वर्ष २०७५ (२०१८-१९) मा स्कुलले प्राथमिक तहदेखि माध्यमिक तहमा कक्षा ११ र १२ सम्मको पठनपाठन सुरु गरेको हो। स्कुलले प्लस टुमा साइन्स, म्यानेजमेन्ट, ह्युम्यानिटिज र ल फ्याकल्टीमा कक्षा संचालन गरिरहेको छ । शैक्षिक वर्ष २०२१ बाट क्याम्ब्रिज अन्तर्राष्ट्रिय ए-लेभलको सुरुवात पनि गरेको छ । ‘अन्तर्राष्ट्रियस्तरको शिक्षा स्कुलले प्रदान गरिरहेको छ । मेडिकल तथा इन्जिनियरिङ क्षेत्रमा प्रवेश गर्न चाहने विद्यार्थीका लागि परीक्षा तयारी कक्षाको व्यवस्था पनि स्कुलमा छ । ए लेभल अध्ययनका लागि नेपालकै उत्कृष्ट स्कुलको पहिचान पनि काठमाडौं वर्ल्ड स्कुलले बनाइसकेको छ,’ अध्यक्ष झा भन्छन् ।

लाइब्ररी, बोर्डिङ हाउस, हेल्थ केयर एण्ड नर्सिङ केयर सर्भिस, यातायातको सुविधा, सेफ्टी एण्ड सेक्युरिटी, मोर्डन साइन्स एण्ड कम्प्युटर ल्याव, क्याफे लगायतको सुविधा स्कुलमा छन् ।

विद्यार्थीको शैक्षिकसँगै व्यक्तिगत तथा सामाजिक विकासका लागि स्कुलले विभिन्न गतिविधि संचालन गर्दै आएको छ । क्लब एण्ड कम्युनिटी सर्कल, को-करिकुलर एण्ड एक्स्ट्रा करिकुलर एक्टिभिटिज, स्पोर्टस एण्ड फिजिकल एक्टिभिटिज लगायतका कार्यक्रम हुने गरेका छन् । आर्ट एण्ड भिजुअल आर्ट स्टुडियो पनि स्कुलमा छ ।

विज्ञान तथा प्रविधिको विकाससँगै विद्यालयले पनि नविनतम विधि तथा प्रविधिको प्रयोग गरि अध्यापन गरिरहेको छ । ‘नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने गरी स्कुल सुरु भएको हो,’ अध्यक्ष झा भन्छन्, ‘भौतिक संरचना तथा यहाँका सेवा सुविधा विश्वका उत्कृष्ट स्कुलहरु सरह छन् ।’ आफ्ना बच्चाहरुलाई उत्कृष्ट शिक्षा प्रदान गर्न चाहने अभिभावकको रोजाईमा काठमाडौं वर्ल्ड स्कुल पर्न सफल भएको अध्यक्ष झा बताउँछन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.