उवासंघ काठमाडौंको अध्यक्षमा दिनेश, महासचिवमा दुर्गाराज र कोषाध्यक्षमा प्रदीपमान

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको अध्यक्षमा पुनः दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन कार्यक्रम अन्तर्गत मंगल भएको मनोनयनमा अध्यक्षमा उनको मात्रै उम्मेदवारी दर्ता भएको हो । श्रेष्ठको मात्रै उम्मेदवारी दर्ता भएसँगै अब उनले संघको अध्यक्षमा दोस्रो कार्यकालका लागि नेतृत्व प्रदान गर्नेछन् ।

उपाध्यक्षमा रमानाथ श्रेष्ठ, राजेन्द्र शेरचन, जय सिवाकोटी, महासचिवमा दुर्गाराज श्रेष्ठ, सचिवमा शुष्मा महरा, कोषाध्यक्षमा प्रदीपमान प्रधान र सह–कोषाध्यक्षमा नानीराज घिमिरे पनि निर्विरोध निर्वाचित भएका छन् ।

jutta mela

सदस्यहरुमा प्रेमहरि मैनाली, सुरेन्द्रभक्त श्रेष्ठ, सागर शाक्य, कुशन प्रधान, राजेन्द्र संग्रौला, दीपक भण्डारी, शिशीर गौतम, दीपक भण्डारी, महेन्द्र गोयल, सदीष श्रेष्ठ र उज्ववलजंग पराक्रम शाह निर्विरोध निर्वाचित भएका भएका हुन् ।

You might also like

Comments are closed.