कोरिया शैक्षिक परामर्श संघको आयोजनामा इन्फरमेसन सेसन हुने

काठमाडौं । कोरिया शैक्षिक परामर्श संघ नेपालको आयोजनामा इन्फरमेसन सेसन हुने भएको छ ।

दक्षिण कोरिया लक्षित गरी काम गरिरहेका नेपालका शैक्षिक परामर्श दातृ संस्थाका प्रतिनिधिहरुलाई लक्षित गरी चैत २३ गते शुक्रबार नेपाल हाउस हात्तिसारमा ३ बजेदेखि कार्यक्रम हुने संघका वरिष्ठ उपाध्यक्ष रमेश अधिकारीले जानकारी दिए ।

‘पछिल्लो समय दक्षिण कोरिया शैक्षिक गन्तव्य बन्दै गएको परिप्रेक्ष्यलाई लक्षित गरी संघमा आबद्ध भएका तथा अन्य परामर्शदातृ संस्थाहरुलाई कोरियाको बर्तमान शैक्षिक अवस्थाका सम्भावना तथा चुनौतिका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो,’  उपाध्यक्ष अधिकारीले भने ।

दक्षिण कोरियाको आजु युनिभर्सिटीबाट ग्रयाजुएट भइ नेपाल राष्ट्र बैंकमा कार्यरत सुशील बिजुक्छेले दक्षिण कोरियाको शैक्षिक प्रणालीका विषयमा धारणा राख्नेछन् । एनआरएनए दक्षिण कोरियाका संस्थापक सदस्य तथा कोरियामा बिगत २५ वर्षदेखि विभिन्न व्यापार व्यवसायमा आबद्ध रुद्रप्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम हुनेछ ।

शैक्षिक परामर्श दाृत संस्थाहरुलाई सही सूचना र जानकारी दिनका लागि कार्यक्रम प्रभावकारी हुने आयोजकको विश्वास छ ।

You might also like

Comments are closed.