‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

रौतहट । रौतहटको गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । यस बजाज माइलेज च्याम्पियनमा नेपालभरिका बजाज प्लाटिना चालकहरू आफ्नो मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न सहभागि थिए ।

माइलेज च्याम्पियनमा लोकेशकुमार चौरसियाले ९९ किमि प्रति लिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरे । त्यस्तै ९४ किमि प्रति लिटरको प्रदर्शनका साथ मुकेशकुमार शाह दोस्रो स्थान प्राप्त गरे भने ९० किमि प्रति लिटरको प्रदर्शन गर्दै रोशन अली यादव तेस्रो स्थानमा रहेका थिए ।

यो इभेन्टले केवल बजाज प्लेटिनाको इन्धन बचत र भरपर्दो विशेषतालाई मात्र नगरी बजाजप्रेमीबीच समुदाय र मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना पनि प्रवद्र्धन गरेको छ । यस माइलेज च्याम्पियनमा सहभागि चालकले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गरे । यस रोमाञ्चक कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्दै नेपालका बजाजप्रेमीबीचको एकताको भावना र मित्रवत प्रतिस्पर्धालाई प्रोत्साहित पनि गरेका थिए ।

पछिल्लो समय पेट्रोलिय पदार्थको मुल्यवृद्धि भएसँगै ग्राहकलाई माइलेजको अवस्थाबारे जानकारी दिन च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर विजय सिंहले बताए । १०० सीसीको प्लाटिना मोटरसाइकलको माइलेज च्याम्पियन हुने उनी बताउँछन् ।

नयाँ पुस्ताले बढी पेट्रोल खर्च गर्ने मोटरसाइकल चलाउने ट्रेन्ड बसेका बेला प्लाटिना प्रयोगको फाइदाबारे पनि च्याम्पियनले जानकारी दिने विश्वास दिएका थिए । आइतबार विहान १० बजे च्याम्पियनको गरुडा चिनीमिल चौरमा उद्घाटन गरिएको हो । च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.