गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत प्राप्त

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन्। ६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका पक्षमा ३१ र विपक्षमा २७ मत खसेको थियो।

मुख्यमन्त्री अधिकारीलाई विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा नेकपा (एमाले) का २१, माओवादीका आठ र राप्रपाका दुई सांसदले मतदान गरेका थिए भने, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २७ सदस्यले विपक्षमा मतदान गरेका हुन् ।

एमालेबाटै निर्वाचित भएर सदनको अध्यक्षता गरेका मित्रलाल बस्यालले मतदान प्राप्त गर्न सकेनन् भने स्वतन्त्र सांसद् राजीव गुरुङ बैठकमा अनुपस्थित थिए ।

एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

You might also like

Comments are closed.