डिजिटल भुक्तानीमा लक्ष्मी लघुवित्तको khalti सँग साझेदारी

काठमाडौं ।  लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको डिजिटल भुक्तानी अब खल्तीबाट  गर्न सकिने भएको छ ।

डिजिटल भुक्तानीका लागि लक्ष्मी लघुवित्तले खल्तीसँग साझेदारी गरेको हो ।त्यस्तै, खल्तीबाट किस्ता जम्मा गर्ने लघुवित्तका ग्राहक सदस्यले ५ प्रतिशत क्यास ब्याकको सुनौलो अफर पाउने छन् ।

खल्तीबाट किस्ता जम्मा गर्न सर्वप्रथम मोबाइलमा खल्ती एप डाउनलोड गर्नु पर्नेछ । त्यसपछि  ईएमआइको होम स्क्रीनमा गएर लक्ष्मी लघुवित्तलाई सेलेक्ट गरी आवश्यकता अनुसार जानकरी भरी रकम भुक्तानी गर्न सकिने छ ।

You might also like

Comments are closed.