अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको अनलाइन टिकट खुल्ला

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको एक्सक्लुसिभ टिकटिङ पार्टनर ‘खल्ती’ ले अनलाइन टिकट खुल्ला गरेको छ ।काठमाडौंको दशरथ रंगशालामा फेब्रुअरी १७ देखि २६ सम्म अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उत्सुकता बढ्दैछ ।

यस प्रतिष्ठित फुटबल प्रतियोगितामा नेपाल, म्यानमार, लेबनन र किर्गिस्तानका राष्ट्रिय महिला टोलीले सहभागिता जनाउनेछन् । नेपालको अग्रणी डिजिटल वालेट खल्ती यस आयोजनाको आधिकारिक टिकटिंग साझेदार बनेको छ । प्रशंसकले खल्ती एपमार्फत सजिलै टिकट किन्न सकिनेछ । खल्ती एपको केही ट्यापमा टिकट सुरक्षित गरी उत्कृष्ट खेलको अनुभव लिन सकिने बताइएको छ ।

दैनिक साधारण टिकट रु ५ सय र भिआइपी टिकट १ हजारमा उपलब्ध छ । पहिलो रु २ हजार साधारण टिकट किन्ने प्रशंसकलाई खल्ती वालेटमा १५० क्यासब्यक प्राप्त हुनेछ । खल्तीका प्रमुख कार्यकारी अधिकारी बिनय खड्काले यस आयोजनालाई सहज बनाउन हामी प्रतिबद्ध रहेको बताए ।

आईएसओ २७००१ः २०१३ बाट मान्यता प्राप्त साथै WITSA Global Innovation & Tech Excellence Awards २०२२, देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायक २०२३ र अनवरत रूपमा डिजिटल कारोबारमा पु¥याएको उल्लेखनीय योगदानको उच्च कदरमा नेपाल राष्ट्र बैंकबाट सम्मानित खल्ती आफ्नो सेवाको आठौँ वर्षमा छ ।

खल्तीमा देशभरीका ४० लाख भन्दा बढी प्रयोगकर्ता, १ लाख बढी एजेन्ट, ६० हजार बढी मर्चेन्ट व्यवसायी, ५५ बढी बैंक तथा वित्तीय संस्था, १५ सय भन्दा धेरै सहकारी र ३ सय बढी कर्मचारीको परिवारमा रूपान्तरण भएको छ ।

नेपालीमा वित्तीय साक्षरता पु¥याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

 

 

You might also like

Comments are closed.