हाम्रो स्कूल फराकिलो अनि सुरक्षित स्थानमा छ । यहाँ बालबालिकाहरुका लागि खेल्ने ठाउँ पर्याप्त छ । ल्यावको सुविधा छ । बालबालिकालाई खुवाइने खाना हाइजेनिक र पौष्टिक हुन्छ ।
हामीले बालबालिकाको खानामा कुनै पनि कम्प्रोमाइज गर्दैनौं । सर्वसाधरणले पनि अफोर्ड गर्न सक्ने शुल्कमा हामीले बालबालिकाको शिक्षादेखि लिएर उनीहरुको सर्वाङ्गिण विकासमा ध्यान दिएका छौं । हाल माई मन्टेश्वरीमा अहिले ६९ बालबालिका छन् । कुनै पनि अभिभावकले बच्चा स्कूलमा भर्ना गर्नुभन्दा पहिला त्यहाँको वातावरण कस्तो छ, पढाउने अथवा स्याहार गर्ने शिक्षक शिक्षिका अथवा आयाहरु बालबालिकाको शारीरिक विकास, मानसिक विकास, भावनात्मक विकास, भाषाको विकास, सामाजिक विकासका कतिको संवेदनशिल हुनुहुन्छ । त्यो कुरामा विशेष ख्याल गर्नुपर्छ ।
यसका साथै त्यहाँ बालबालिकाहरुलाई खुवाइने खानाको गुणस्तर कस्तो छ, वातारवण पारिवारिक छ कि छैन भन्ने कुराको पनि ख्याल गर्न आवश्यक छ । यसका साथै कुनै पनि विद्यालय र अभिभावकबीच राम्रो सहकार्य हुन पनि आवश्यक हुन्छ ।
(बसन्त पञ्चमीका अवसरमा माई मन्टेश्वरीका फाउन्डर खेम क्षेत्रीसँग गरिएको कुराकानीमा आधारित)
Comments are closed.