काठमाडौं । ‘भोलिको शिक्षा’ विषयक एक दिने सम्मेलन शनिबार काठमाडौंको होटल हिमालयनमा सम्पन्न भएको छ ।
ई-एजुकेशन र जाइकासँगको सहकार्यमा किड्स अफ काठमाडौंले आयोजना गरेको सम्मेलनमा किड्स अफ काठमाडौंले आफनो संस्थागत प्रगति विवरण सार्वजनिक गरेको थियो ।
संस्थाले देशका विभिन्न सामुदायिक विद्यालयमा डिजिटल कलास रुम परियोजना मार्फत हार्डव्यर र सफ्टव्यरमा सहयोग गर्दै आएको छ ।
किड्स अफ काठमाडौका प्रोजेक्ट डाइरेक्टर बाबुराम गोलेले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै कार्यक्रमको प्रगति र सहभागीबाट आएका जिज्ञासका बारेमा स्पष्ट पारेका थिए ।
कार्यक्रममा ई–एजुकेशनका प्रमुख कार्यकारी निर्देशक काइटो मिवाले संस्थाले गर्दै आएका गतिविधिको बारेमा जानकारी दिएका थिए ।कार्यक्रममा ‘महामारीले सिकाएको पाठ’ विषयमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठ प्रसाद अर्याल, काठमाडौं महानगरपालिकाका सल्लाहाकार रेसु अर्याल र डिल्लीराम पौडेलले आफ्ना भनाई राखेका थिए ।
प्यानल छलफलको सहजिकरण प्रिया सिग्देलले गरेकी थिइन् । कार्यक्रमको अन्तिम सेसनमा कार्यक्रममा सहभागी सरोकारवालाबाट सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधारमा सन्दर्भका विचार राखिएको थियो ।
Comments are closed.