काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल सुरु

काठमाडौं । काठमाडौंमा आजदेखि काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) सुरु हुँदैछ। २०औँ संस्करणको किम्फमा ३० देशका ६० भन्दा बढी फिल्म प्रदर्शन गरिने आयोजक हिमाल एसोसिएसनले जनाएको छ।

फेस्टिभल राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा मंसिर २६ गतेसम्म चल्नेछ । फेस्टिभलमा बलिउड निर्देशक प्रकाश झा मुख्य वक्ताको रुपमा सहभागी हुँदैछन्। किम्फमा झा अभिनित तथा एम गनी निर्देशित फिल्म ‘मट्टोकी साइकल’ को विशेष प्रदर्शन हुँदैछ ।

‘दिगो आरोहण’ मूल नारा राखिएको फेस्टिभलमा डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्महरू देखाइनेछन्। फेस्टिभलको पहिलो दिन आज मह सिकारीको कथा समेटिएको फिल्म ‘बाघको बङ्गारा’को प्रिमियर हुँदैछ । यो फिल्ममा उत्तरी जाजरकोटका बासिन्दाले अप्ठ्यारो भिरमा चढेर गर्ने मह सिकारीको कथा समेटिएको छ ।

फेस्टिभलमा नेपाली अन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट फिल्मलाई १ लाख र ७५ हजार नगद पुरस्कार दिइने छ भने, अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो उत्कृष्ट तीन वटा फिल्मले क्रमशः २ लाख, १ लाख ५० हजार र १ लाख पुरस्कार पाउने आयोजकले जनाएको छ ।

You might also like

Comments are closed.