किसानको माग पूरा गर्न कृषकहित संरक्षण मञ्चको आग्रह

काठमाडौं । गाउँसुधार तथा कृषकहित संरक्षण मञ्च नेपालले किसानको माग पूरा गर्न सरकारसमक्ष आग्रह गरेको छ । देशको अर्थतन्त्रको मेरुदण्ड कृषि भए पनि राज्य उक्त क्षेत्रबारे व्यावहारिक र जिम्मेवार हुन नसकेको मञ्चको भनाइ छ ।

मञ्चका अध्यक्ष दुर्गाप्रसाद खनालले कृषिले नै नेपाली जनताको उन्नति र प्रगतिको ढोका खोल्ने बताए। राज्यले यसलाई सैद्धान्तिक तरिकाले स्वीकारे पनि व्यावहारिकरूपमा अन्यन्तै ढिलासुस्ती गरेको उनको भनाइ थियो ।

नेपालका ६५ दशमलव छ प्रतिशत जनसङ्ख्या कृषिमा आधारित रहेको उल्लेख गर्दै उनले कृषिमा आधारित रहने ठूलो हिस्सा अस्तव्यस्त परिस्थितिमा गुज्रिरहेको टिप्पणी गरे। सरकारले अर्बौं रुपैयाँ बजेट कृषिमा छुट्याए पनि समयमै मल नपाइने भन्दै किसानका समस्या ज्युँ का त्युँ रहेको उनले गुनासो गरे ।

अध्यक्ष खनालले सरकारको बेवास्ताका कारण किसानले भारतबाट मल ल्याउन बाध्य भएको सुनाए। मलको उद्योग नेपालमै खोल्नुपर्नेमा उनले जोड दिए। खनालले मल तथा बीउ सस्तोमा पाउने व्यवस्था तत्काल लागू गर्न सरकारसँग आग्रह गरे ।

You might also like

Comments are closed.

Secret Link