सेवानिवृत्त डिआइजी ब्रम्हचार्यले ललितपुर ३ बाट उम्मेदवारी दिने

 

काठमाडौं । आगामी संसदीय निर्वाचनमा ललितपुर ३ बाट कृष्णभक्त ब्रम्हचार्यले उम्मेदवार दिने भएका छन् ।सशस्त्र प्रहरी सेवामा डिआइजीबाट सेवानिवृत्त भएका उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

jutta mela

ललितपुर ३ का जनताले मंसिर ४ गते हुने संसदीय निर्वाचनमा आफूलाई विजयी गराउने छन् भन्ने विश्वास रहेको उनले व्यक्त गरे ।

पटक पटक पुराना पार्टीलाई भोट दिदाँ पनि कुनै परिवर्तनको महसुस नभएकाले अब नयाँ अनुहारले चुनाव जित्नुपर्नेमा उनको जोड छ ।

 

 

You might also like

Comments are closed.