कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई ओम मुक्तिनाथ पोलिक्लिनिकमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल ओम मुक्तिनाथ पोलिक्लिनिक प्राइभेट लिमिटेड संग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

बैंकका कर्मचारी र ग्राहकलाई ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा ५० प्रतिशतसम्म छुट पाउने सम्झौता भएको छ ।

jutta mela

स्वास्थ्य सेवाको पहुँच सर्वसाधारणसम्म पु¥याउने उद्धेश्यले स्थापित यस पोलिक्लिनिकमा बैंकका कर्मचारी र ग्राहकले आफ्नो बैंकसंगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बताइएको छ । यस सम्झौताबाट बैंकसंग आबद्ध व्यक्तिले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल यस बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम, विभिन्न शाखारहित सेवाकेन्द्र मार्फत आफ्नो अत्याधुनिक सेवाहरु प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.