काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीस्थित ड्रिम इन्टरनेशनल होटल प्रा.ली. संग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै लजिङ शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकको ग्राहकले बैंकसंगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसंग आबद्ध व्यक्तिले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम, विभिन्न शाखारहित सेवाकेन्द्र मार्फत आफ्नो सेवा प्रदान गरिरहेको छ ।
Comments are closed.