होटल ईस्टन ब्लुमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकलाई १५ प्रतिशत छुट

काठमाडौं । कामना सेवा विकास बैंकले इलामको होटल ईस्टन ब्लुसंग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

बैंकका कर्मचारी र ग्राहकले रेस्टुरेन्टको मेनु, लजिङ शुल्क तथा सम्पूर्ण सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने सम्झौतामा उल्लेख छ ।

ग्राहकले बैंकको कार्ड, मोबाईल बैंकिङ प्रयोग गरी बैंकसंगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

यस सम्झौताबाट बैंकसंग आबद्ध व्यक्तिले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जाल तथा ७७ एटिएम एवम् विभिन्न शाखारहित सेवाकेन्द्र मार्फत् आफ्नो सेवाहरु प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.