कामना सेवा विकास बैंकको १८ औँ साधारण सभा सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधवार लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बैंकका सञ्चालक समिति अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा साधारण सभा भएको हो ।

सभाबाट ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२ प्रतिशत लाभांश पारित गरेको छ । साथै लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०८०।८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।

त्यसैगरी सभाले १०० रुपैयाँ दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुने गरी अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्ने, प्राथमिक पुँजी वृद्धी गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको जनाइएको छ ।

आ.व. २०८१÷०८२ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा सेयरधनीले राखेको जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका हुन् । सभामा सहभागीलाई बैंकका सञ्चालक भिमप्रसाद तुलाचनले स्वागत गरेको बैंकले जनाएको छ ।

 

You might also like

Comments are closed.