कामना सेवा विकास बैंकका ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्टमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकले काभ्रेको धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका ग्राहक तथा कर्मचारीले रेस्टुरेन्टको मेनुमा, देवाराना वेल्नेस स्पामा तथा स्विमंग पुल, जकुजी, स्टीम र सउनामा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । बैंकको ग्राहकले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने सम्भmौतामा उल्लेख छ ।

सम्झौताबाट बैंकसँग आबद्ध व्यक्तिले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत हरिप्रसाद लम्साल र रिर्सोटका होटल म्यानेजर अनिरुध चौधरीले हस्ताक्षर गरेका छन् ।

You might also like

Comments are closed.