कामना सेवा फुटसल कप चौथो सिजन सकियो

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्र्तगत कामना सेवा फुटसल कपको चौथो सिजन शनिवार सम्पन्न गरेको छ ।

पुरुष तर्फको खेलको फाइनल खेलमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले डिफेन्डिङ च्याम्पियन गरिमा बिकास बैंकलाई ३–० ले हराउदै उपाधी जितेको छ । त्यसैगरी महिला तर्फको फाइनल खेलमा लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई २–० ले हराउदै उपाधी जितेको छ ।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष फुटसल कप आयोजना गर्दै आएको छ । विजेता तथा उपविजेता टिमलाई बंैकको तफबाट ट्रफि, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो ।

बैंकका सञ्चालक विश्वेश्वर सुवेदीले एन्फा रेफ्रि नारायण अधिकारीलाई बल हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका हुन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गरेका छन् । पुरुषतर्फ कुल १४ र महिलातर्फ कुल ७ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास ढुङ्गाना लगायत विभिन्न विभागिय प्रमुख तथा कर्मचारी लगायत सहभागी थिए । बैंकले १८ औं वार्षिकोत्सवको दिन आउँदो कात्तिक २७ गते देशव्यापी रुपमा रक्तदान कार्यक्रमको समेत आयोजना गर्ने जनाएको छ ।

 

lcci
You might also like

Comments are closed.