कामना सेवा विकास बैंकले मनायो १८ औँ वार्षिकोत्सव

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १८ औं वार्षिकोत्सव मनाएको छ । देशभर सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना वार्षिकोत्सव सम्पन्न गरेको छ ।

मंगलवार देशव्यापी रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय कार्यालयसहित सबै क्षेत्रीय कार्यालयमा रक्तदान कार्यक्रम भएको छ । विभिन्न स्थानमा भएको रक्तदान कार्यक्रमबाट कुल ३९३ पिन्ट रगत सङ्कलन भएको छ ।

बैंकका सञ्चालक भिमप्रसाद तुलाचनले बैंकको वुटवल क्षेत्रमा भएको रक्तदान कार्यक्रमको उद्घाटन गरे भने केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल, रक्तसञ्चार केन्द्रकी निशा भण्डारीलाई ब्लड व्याग हस्तान्तरण गर्दै उद्घाटन गरेका हुन् ।

बैंकले सर्वाधिक रक्तदान गर्ने कर्मचारीमा प्रमुख व्यवसाय अधिकृत दिपेन्द्र सुवेदी, कानुन विभाग प्रमुख डण्डपानी भट्राई, जोखिम सम्पत्ती विभाग प्रमुख नितेश अर्याल, शाखा प्रमुखहरु राजेश कुईकेल र यज्ञमुर्ति लुईटेल, सवारी चालक यामबहादुर श्रेष्ठलाई केएसविविएल आईकनको रुपमा समेत सम्मान गरेको छ ।

रक्तदान कार्यक्रम कोशी प्रदेशको ईटहरी शाखा, मधेस प्रदेशको बर्दिबास शाखा, नारायणगढ क्षेत्रको खुरखुरे शाखा, पोखरा क्षेत्रको न्युरोड पोखरा शाखा, वुटवल क्षेत्रको वुटवल शाखा र पश्चिम क्षेत्रको नेपालगञ्ज शाखामा भएको रक्तदान कार्यक्रममा क्षेत्रीय प्रमुख, स्थानीय समाजसेवी, रक्तदाता तथा कर्मचारी लगायत सहभागी थिए ।

वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी रुपमा देशभरका विभिन्न मठमन्दिरको सरसफाई, डस्टविन हस्तान्तरण कार्यक्रम, अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटलस कप, वित्तीय साक्षरतामुलक पदयात्रा कार्यक्रमहरु आयोजना गरिएको बैंकले जनाएको छ ।

lcci
You might also like

Comments are closed.