कामना सेवा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । कामना सेवा विकास बैंकको रु २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।

बैंकले गत असोज ३० गते भएको १८ औं वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२ प्रतिशत लाभांश पारित गरेको हो । यस ७ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।

सूचिकृत भएको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भइसकेको बैंकले जनाएको छ । नगद लाभांश बापतको रकम साधारण सभाबाट पारित भए लगतै सम्बन्धित बैंक खातामा जम्मा गरिसकिएको बैंकले जनाएको छ ।

यदि कुनै शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा भएको नदेखिएमा वा कुनै जिज्ञासा भएमा कामना सेवा विकास बैंकको केन्दि«य कार्यलयमा सम्पर्क गर्न सकिने बताइएको छ ।

lcci
You might also like

Comments are closed.