कामना सेवा विकास बैंकको सहयोगमा रुद्रपुर खानेपानी संस्थालाई कम्प्युटर

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गरगरे मार्फत रुद्रपुर खानेपानी संस्थालार्ई कम्प्युटर हस्तान्तरण गरेको छ ।

रुद्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई आवश्यक पर्ने कम्प्युटर एक कार्यक्रम गरी बैंकको सञ्चालक समिति सदस्य भिमप्रसाद तुलाचनले हस्तान्तरण गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि कन्चन गाउपालिका अध्यक्ष नबराज ढकाल र रुद्रपुर खानेपानी संस्थाका अध्यक्ष नामबहादुर केसीले धन्यवाद दिएका छन् ।

कार्यक्रममा कन्चन गाउँपालिका वडा न ३, ४ र ५ का वडा अध्यक्ष लगायत कामना सेवा विकास बैंक लिमिटेडका बुटवल क्षेत्रीय प्रमुख खिमलाल भुसाल र खानेपानी संस्थाका समिति सदस्य एवम् कर्मचारी लगायत सहभागी थिए । यससँगै बैंकले आगामी दिनमा समेत सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

lcci
You might also like

Comments are closed.