सरस्वति प्राविका विद्यार्थीलाई कामना सेवा विकास बैंकको सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सरस्वती प्राथमिक विद्यालय मेचीनगर, झापाका विद्यार्थीलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण गरेको हो । कार्यक्रममा बैंकको इट्टाभट्टा शाखा प्रबन्धक निर्जर पौडेलले प्रधानाध्यापक फूलमाया बुढाथोकीको उपस्थितिमा विद्यार्थीलाई विद्यालय झोला, कापी, कलम, पेन्सिललगायत आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको छ ।

प्रधानाध्यापक बुढाथोकीले मेचीनगर क्षेत्रका सामाजिक–आर्थिक रूपले पिछडिएको विद्यार्थीको शैक्षिक पहुँचमा बैंकको सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन् । उनले बैंकद्वारा गरिएको सहयोगले विद्यार्थीको अध्ययनमा थप प्रेरणा मिल्ने पनि बताइन् ।

कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावक लगायत सहभागी थिए । बैंकले आगामी दिनमा समेत सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

You might also like

Comments are closed.