काठमाडौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई ५ हजार थान जुत्ता झोला र १ हजार थान टोकन हस्तान्तरण गरेको छ ।
पशुपतिनाथ मन्दिरको दर्शन गर्ने भक्तजनको जुत्ता र चप्पललाई सुरक्षित र व्यवस्थित रुपमा राख्नको लागि झोला र टोकन हस्तान्तरण गरिएको हो । बैंकका कर्जा प्रशासन विभाग प्रमुख पर्मा ढुंगेलले पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीलाई हस्तान्तरण कार्यक्रममा जुत्ता झोला र टोकन हस्तान्तरण गरे ।
श्रावण महिनामा पशुपतीनाथको दर्शन गर्न आउने भक्तजनको भिड अत्याधिक हुने र भक्तजनको जुत्ता चप्पल राख्नको लागि झोलाको अभाव हुने भएको र बैंकले उपलब्ध गराएको झोला तथा टोकनले जुत्ता चप्पल व्यवस्थापनमा सहयोग पुग्ने निमित्त सदस्य सचिव जोशीले बताए ।
बैंकका कर्जा प्रशासन विभाग प्रमुख ढुंगेलले देशभर १३० वटा शाखावाट अत्याधुनिक बैंकिङ सेवा दिदै आइरहेको बैंकले पशुपति क्षेत्र विकास कोषलाई झोला र टोकन हस्तान्तरण गर्ने अवसर प्रदान गरेकोमा कोषलाई धन्यवाद दिए ।
Comments are closed.