कामना सेवा विकास बैंकको लाभांश घोषणा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आ.व. २०८१/८२ को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई चुक्तापुँजीको १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

१० प्रतिशत वोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (कर समेत) गरी १५.७८९५ प्रतिशत लाभाशं घोषणा गरेको हो । सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १९ औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात् शेयरधनीले लाभाशं प्राप्त गर्नेछन् ।

यो सँगै लाभांश घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ । गतवर्ष बैंकले १२ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको आईतबार दिनको ४ बजे बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको बैठकबाट सो प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताएका छन् ।

You might also like

Comments are closed.