कामना सेवा र डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसबीच मर्चेन्ट सम्झौता भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैकंसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले भक्तपुरको सुर्यविनायक – ०८, डोलेश्वर, सिपाडोल स्थित डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सुुविधाका लिनका लागि ग्राहकले आबद्धताको प्रमाणको देखाउन पर्ने छ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

jutta mela

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

You might also like

Comments are closed.