काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र जोड इनिस्येटिभबीच सम्झौता भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिबिहिनहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ दिन जोड इनिस्येटिभसंग यही मङ्सिर २१ गते सम्झैता गरेको हो ।
यस सम्झौता पश्चात कामना सेवा विकास बैंकले दृष्टिविहिन विद्यार्थीहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ प्रदान गर्न आर्थिक सहयोग गर्नेछ । साथै बैंकले दृष्टिविहिनहरुलाई लक्षित गरी ल्याइएको स्वाभिमान बचत खातासमेत खोलि दिनेछ ।
सम्झौतामा बैंकका तर्फबाट ब्रान्डिङ प्रबन्ध श्रष्टिना मानन्धर र जोड इनिस्येटिभका संस्थापक सौरभ तिवारीले हस्ताक्षर गरेका थिए ।
यसैसँगै आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले लिएको छ ।








Comments are closed.