कामना सेवा विकास बैंकद्वारा १६ औं शाखा रहित बैंकिङ सेवा सञ्चालन

काठमाडौं ।  कामना सेवा विकास बैंक लिमिटेडले १६औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले कैलाली जिल्लाको जानकी गा.पा. वडा नं-५ को अमौरामा मोबाइल एप मार्फत शाखा रहित बैकिङ सेवा असार १० गते शुक्रबारबाट सञ्चालनमा ल्याएको हो ।

वडा नं. ०५ का वडा अध्यक्ष भिम बहादुर चौधरीले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । जानकी गा.पा. वडा नं ०५ अमौरा स्थित राम चौधरी तयारी पोसाक उद्योग (प्रो. राम चौधरी) लाई शाखा रहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

कार्यक्रममा वडा नं. ०५ का अन्य जनप्रतिनिधिहरु, व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङ मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ ।यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.