कामना सेवा विकास बैंकको डेपुटी सिइओमा दाहाल

काठमाडौं । कामना सेवा विकास बैंक लि. को डेपुटी सिइओमा विनय दाहाल नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको बैंठकले उनलाई डेपुटी सिइओमा नियुक्त गरेको हो । आइतबारदेखि नै दाहालले आफ्नो कार्यभार सम्हालेका छन् ।

दाहालसँग बैंकिङ क्षेत्रमा करिब ३ दशक लामो अनुभव छ । उनले नविल बैंक, एनआइसी एसिया बैंक, एनएमबि बैंकका विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।

You might also like

Comments are closed.