मेची आँखा अस्पताललाई वाटर प्यूरिफायर र मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले झापा बिर्तामोडस्थित मेची आँखा अस्पताललाई २ थान वाटर प्यूरिफायर र ४ थान मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण सम्पन्न गरेको छ ।

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले अस्पतालका वरिष्ठ प्रशासन अधिकृत प्रशान्त श्रेष्ठलाई वाटर प्यूरिफायर र मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण गरेका हुन् । बैंकको यस सहयोगबाट अस्पतालमा सेवा लिन आउने सबै वर्गका बिरामी लाभान्वित हुनेछन् ।

विशेषगरी आर्थिक रुपमा कमजोर तथा विपन्न वर्गका सेवाग्राहीका लागि यस सुविधाले उपचार प्रक्रियामा सहजता ल्याउने वरिष्ठ प्रशासन अधिकृत श्रेष्ठ बताउँछन् ।

You might also like

Comments are closed.