काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं बुढानिलकण्ठस्थित लेमन ट्री प्रिमियरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकले अकोमोडेसन, फुड र बेभरेजमा १५ प्रतिशत तथा स्पामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
सो छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र होटलका प्रमुख सञ्चालन अधिकृत यादव प्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् ।
Comments are closed.