काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले शाखा कार्यालय मिर्चैयाको आयोजना ब्रम्हचारी दामोदरानन्द कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
कलेजका प्रमुख, शिक्षक र स्नातक तथा स्नानकोत्तर तहका विद्याथीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा ७० जना भन्दा बढी विद्याथीको सहभागिता रहेको बताइएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका कर्मचारीले सो कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा सहभागीलाई वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनुपर्ने सर्तकता लगायतका विषयमा साक्षरता सम्बन्धी जानकारी गराइएको छ । कलेजका प्रमुख सन्जयकुमार साहले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजना गरिएको कार्यक्रम सकरात्मक रहेको बताए ।
यससँगै बैंकले आगामी दिनमा समेत सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमलाई निरन्तरता दिनेछ ।
Comments are closed.