कामना सेवा विकास बैंकको सहयोगमा नारायणी आधारभूत विद्यालयमा पोशाक वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले शाखा कार्यालय डण्डामार्फत नारायणी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको डण्डा शाखा प्रमुख टिकाराम अधिकारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्णबहादुर ठकुरीलाई पोशाक हस्तान्तरण गरेका छन् । अध्यक्ष ठकुरीले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कावासोती १७, पुरानो अमलटारी क्षेत्र, नारायणीको तटिय क्षेत्रमा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीलाई गरिएको पोशाक हस्तान्तरणले पठनपाठनमा महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

बैंकका शाखा प्रमुख अधिकारीले कावासोती नगरपालिका सँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा बैंकका कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, नारायणी आधारभुत विद्यालयका प्राध्यापक, कावासोती नगरपालिकाका वडा नं १७ का प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावक लगायत सहभागी थिए ।

यससँगै बैंकले आगामी दिनमा समेत सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

You might also like

Comments are closed.