काठमाडौंं । कोरोना महामारीको त्रास कम भएसँगै काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ गतेसम्म ४ अर्ब ३४ करोड राजस्व संकलन गरेको छ ।
बुधबार कामपामा भएको राजस्व परामर्श समितिको बैठकमा कामपा राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले राजस्व असुलसम्बन्धी जानकारी दिएका हुन् ।
कामपाले गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६९ करोड जम्मा गरेको गरेको थियो । बैठकले कामपाभित्र अनधिकृत राखिएका बोर्ड हटाउँदा लाग्ने जरिवाना रकम तोक्न राजस्व परामर्श समितिले नगरसभामा प्रस्ताव लैजाने निर्णय पनि गरेको छ ।
व्यवसायीले स्वीकृति नलिई वा मापदण्डविपरीत राखेका परिचय पाटी कामपाको टोलीले हटाउँदा लाग्ने जरिवाना रकम कम्तीमा रु पाँच सय र अधिकतम रु तीन हजार हुने निर्णय गरेको छ ।




Comments are closed.