नागरिकको व्यक्तिगत स्वास्थ्यबारे तथ्यांक संकलन गर्ने काठमाडौं महानगरकाे तयारी

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले व्यक्तिगत स्वास्थ्य तथ्यांकसहित सेवाको तयारीमा जुटेको छ । काठमाडौं महानगरले नागरिकहरुको स्वास्थ्य अवस्था विवरण अद्यावधिक गर्न रोग, उपचार र औषधि सेवनसम्बन्धी व्यक्तिको अवस्था सर्वेक्षणबाट काम थाल्ने तयारीमा लागेको हाे  ।

स्वास्थ्य प्रवर्धन केन्द्रहरुको स्तरोन्नति गर्ने विषयमा सोमबार बसेको बैठकमा महानगरका स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवालले, स्वास्थ्य प्रवर्धन केन्द्रबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुन्छ भन्ने अनुभूति हुने व्यवस्था गर्न लागिएको बताए ।

पछिल्लो समयमा सहरमा नसर्ने तर दीर्घ रोगका विरामीहरुको संख्या बढ्दै गएको छ । यस्ता विरामीहरुले नियमित औषधि सेवन गर्नुपर्छ । निश्चित मात्रा पूरा गर्नुपर्छ । यसको निगरानी वडास्तरीय स्वास्थ्य प्रवर्धन केन्द्रबाट गर्ने योजना हो ।

‘कसलाई के समस्या छ रु उपचार कहिलेबाट थालनी भएको हो, कुन औषधि प्रयोग गरिरहनु भएको छ रु औषधिको समयावधि कति होरु प्रयोगशाला जाँच कहिले भएको थियोरु अब कहिले गर्नुपर्छरु क्लिनिकमा कहिले जानुपर्छरु औषधि लिन कहिले जानु पर्छरु घरमा भएको औषधिले कहिलेसम्म पुग्छरु’ यस सम्बन्धी नोटिफिकेसन दिएर विरामीको उपचार र स्वस्थ्य जीवनयापनमा सहज बनाइनेछ । डा अग्रवाल भन्नुहुन्छ, ‘दीर्घ रोग भएका व्यक्तिको उपचारसँग सम्बन्धित विवरण डिजिटल प्रणालीमा राखेर काम थालनी गर्छौँ । यसलाई विस्तार र वृहत बनाउँदै सबै व्यक्तिको स्वास्थ्य अवस्था बुझ्न सकिने, समग्र स्वास्थ्य सम्बन्धी अवस्थाका विषयमा जानकारी लिन सकिने प्रणाली बनाउँछौँ ।’ अहिले महानगरबाट परिवर्तन सम्भव छ । यसमा नागरिकले आशा गरेको र नागरिको आशालाई मर्न दिन नहुँदे उनको भनाई थियो ।

बैठकमा स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले, प्रविधिसँग जोडेर आधारभूत तथ्यांक संकलनको योजना बताए । विभागको योजनालाई सूचना प्रविधि विभागले टेवा पुर्‍याउनेछ । बैठकमा सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालले सहकार्यमा सहमत जनाए । स्वास्थ्यको कुनै एउटा क्षेत्रलाई मोडल बनाएर सेवा विस्तार गर्दै जाँदा दिगो उपयोगमा योगदान हुने उपनिर्देशक रामप्रसाद पौडेलको भनाइ थियो ।

सेवा स्मार्ट पालिकाका निर्देशक मनोज भट्टराईले महानगरको नागरिक विद्युतीय सुशासन सेवामा स्वास्थ्य सर्वेक्षणलाई जोड्न सकिने बताए । सूचना तथा तथ्यांक संकलन, प्रशोधन, विश्लेषण तथा भण्डारणका लागि यसभित्र पर्याप्त ठाउँ बनाइएको छ । उनको भनाइ थियो ।

आधारभूत स्वास्थ्य अवस्थाको सर्भेक्षणबाट थप कार्यक्रममा टेवा पुग्ने महाशाखा प्रमुख सजिना महर्जनले धारणा राखिन् । सबै सेवाका आधारभूत तथ्यांक एउटै हुन् । सर्वेक्षणमा यसलाई ध्यान दिएर उपयोगी विवरण ल्याउने गरी प्रश्नावली तयार पार्नुपर्छ । बैठकमा तथ्यांक अधिकृतहरु कृष्णराज तिवारी र पवनकुमार ठाकुरको भनाइ छ ।

 

You might also like

Comments are closed.