काठमाडौं महानगरपालिकाले फागुन १९ गते सार्वजनिक सुनुवाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले फागुन १९ गते शुक्रबार सार्वजनिक सुनुवाइ गर्ने भएको छ ।

महानगरपालिकाले बुधबार एक सूचना जारी गदै महानगरले चालु आर्थिक वर्ष (आव २०७९/८० )मा भएका विकास निर्माण, कार्यालयसँग सम्बन्धित गुनासा तथा समस्या, सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनुवाइ काठमाडौंको राष्ट्रिय सभागृह हलमा हुने जानकारी दिएको हो ।

त्यस्तै, सार्वजनिक सुनुवाइमा सम्बन्धी सूचनामा उपभोक्ता समिति, टोल सुधार समिति, क्लब, गैर सरकारी संस्थाका प्रतिनिधि, सामाजिक अगुवा, राजनीतिक प्रतिनिधि, महिला, सीमान्तकृत वर्ग लगायत सरोकारवाला सबैलाई उपस्थित लागि महानगरले आह्वान समेत गरेको छ ।

महानगरले चालु आवमा अहिलेसम्म सार्वजनिक सुनुवाइ गरेको थिएन ।

You might also like

Comments are closed.