काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७२ करोड ६९ लाख ६३ हजारको संशोधित बजेट नगरसभामा पेश गरेको छ ।
कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा शुक्रबारबाट सुरु भएको नगरसभामा उपप्रमुख सुनिता डङ्गोलले उक्त संशोधन प्रस्ताव पेश गरेकी हुन्। चालु आवका लागि स्वीकृत रु चार अर्ब ३६ करोड ७१ लाख सात हजार बजेटका कार्यक्रमलाई संशोधनमा लागिएको हो । कामपाले चालु आवका लागि रु २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार अनुमानित बजेट तथा कार्यक्रम स्वीकृत गरेको थियो ।
सभामा लेखाप्रतिवेदन प्रस्तुत गर्दै लेखा समितिकी संयोजक गायत्री पुडासैनीले आव २०७७÷७८ को अन्तिम लेखा परीक्षण प्रतिवेदन प्राप्त भएको जानकारी दिइन् । त्यस आवमा बेरुजु देखिएको रु एक अर्ब सात करोड १२ लाखमध्ये प्रारम्भिक प्रतिवेदनको माध्यमबाट रु ३७ लाख ८१ हजार फस्र्यौट भएको छ ।
सभामा विधायन समितिका संयोजक एवं वडा २३ का अध्यक्ष मचाराजा महर्जनले विधेयक तथा संशोधन गर्नुपर्ने ऐन सम्बन्धी प्रस्ताव पेश गरेका थिए । यसरी पेश भएका दुई विधेयकमा नगर प्रहरी र सार्वजनिक निजी साझेदारी तथा लगानीसम्बन्धी छन् ।
Comments are closed.