कुमारी बैंकले गर्यो बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम

काठमाडौं । कुमारी बैंकले बेलबारी नगरपालिका मोरङसँगको समन्वयमा बेलबारीका उद्यमीको व्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय ज्ञान, सीप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रुपमा उद्यमशिलता प्रवद्र्धन तथा विकास हुने विश्वास लिएको छ ।

कुमारी बैंकले यस अभियानमा सर्वसाधारणको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारको अभिनयसहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देशहरु विकास गरी नियमित रुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोँचको प्रवद्र्धन तथा विकासमा टेवा पु¥याउदै आर्थिक रुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तीय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ ईकाइमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ । युएसएड सँगको साझेदारीमा ‘देशैभरि बर्षैभरि’ उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ ।

 

lcci
You might also like

Comments are closed.