कुमारी बैंकका ग्राहकलाई भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र गुर्जुधारा, काठमाडौंस्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि (गुर्जुधारा ट्रायल सेन्टर) बीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई एकेडेमीबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिएको छ ।

यस सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय ठूलोभ¥याङले सवारी चालक अनुमतीपत्रको लागी प्रयोगात्मक परीक्षा सञ्चालन गराउदै आएको गुर्जुधारास्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा उपलब्ध सम्पूर्ण ड्राइभिङ कोर्समा बैंकका ग्राहकलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको छ ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना ग्राहकको सुबिधाको लागि विभिन्न क्षेत्रका व्यवसायीसँग समन्वयन गरि छुट तथा किस्ताबन्दीका सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्य गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

You might also like

Comments are closed.