कुमारी बैंकका ग्राहकलाई होटेल ए-वान लभली स्टारमा विशेष छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र दाङको लमहीस्थित होटेल ए-वान लभली स्टारबीच छुट सम्झौता भएको छ ।

बुधबार भएको सम्झौताअनुसार अब कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई होटेलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गरिने भएको छ ।

कुमारी बैंकले डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्दै आएको छ । उक्त सहकार्यमार्फत होटेलका विभिन्न सेवामा आकर्षक छुटको प्रावधान गरेको हो ।

बैंकका डेबिटरक्रेडिट कार्डवाहकले उक्त होटेलको लजिङ शुल्कमा १५ प्रतिशत र फुडिङमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

You might also like

Comments are closed.