कुमारी बैंकले ल्यायो ‘दशै उत्सव क्यासब्याक’ अफर

काठमाडौं । कुमारी बैंकले आउँदो विजया दशमीका अवसरमा आफ्ना सेवाग्राहीलाई शुभकामना स्वरुप ‘दशै उत्सव क्यासब्याक’ अफर सञ्चालनमा ल्याएको छ ।

घटस्थापनादेखि महानवमीसम्मको ९ दिन सञ्चालनमा रहने यस अफरमार्फत बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैकिङमार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैकिङ प्रयोगकर्ताले खरिद मुल्यको २५ प्रतिशत वा अधिकतम रू ५०१ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

jutta mela

यो योजना अन्र्तगत लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजे देखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसप्रकारको क्यासब्याकले सेवाग्राहीमा विद्युतीय भुक्तानीका माध्यममार्फत कारोबार गर्न प्रोत्साहन मिल्ने तथा डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तीय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ ईकाइमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।


आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमिक्त सहकार्य गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

You might also like

Comments are closed.