कुमारी बैंकले ल्यायो तिहार तथा छठ क्यासब्याक अफर

काठमाडौं । कुमारी बैंकले आउदो तिहार, किजा पूजा तथा छठ पर्वका अवसरमा सेवाग्राहीलाई शुभकामना स्वरुप तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ ।

कात्तिक १४ गतेदेखि २२ गते छठ पर्व सम्म ९ दिनका लागि तिहार तथा छठ क्यासब्याक अफर सञ्चालन गरिएको हो । भाई टिका तथा किजा पूजाकोे दिनमा मोबाईल बैकिङबाट रकम ट्रान्सफर गर्ने पहिलो १ हजार सेवाग्राहीलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम रु. ५० क्यासब्याक प्रदान गरिने छ ।

अन्य ८ दिन कुमारी बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङमार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैंकिङ प्रयोगकर्ताले खरिद मुल्यको २५ प्रतिशत वा अधिकतम रु. ५०१ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

लाभान्वित सेवाग्राहीको संख्या बढाउन विहान ८ बजे देखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ । यसप्रकारको प्रोत्साहनले सेवाग्राहीमा चाडबाडमा हुने वित्तीय कारोबारहरु विद्युतिय भुक्तानीका माध्यमबाट गर्न आकर्षित गरी डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिंदै आएको कुमारी बैंकले वित्तीय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ ईकाइमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने समेत बैंकले प्रतिबद्धता जनाएको छ ।

 

You might also like

Comments are closed.