काठमाडौं । कुमारी बैंकले कीर्तिपुरमा महिला उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । महिला सशक्तिकरण केन्द्र कीर्तिपुरसँगको समन्वयमा महिला उद्यमी प्रशिक्षण कार्यक्रम गरेको हो ।
उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोँचको प्रवद्र्धन तथा विकासमा टेवा पु¥याउदै आर्थिक रुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले युएसएड सँगको साझेदारीमा ‘देशै भरि बर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ । वित्तीय ज्ञान, सीप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रुपमा उद्यमशिलता प्रवद्र्धन तथा विकास हुने बैंकले विश्वास लिएको छ ।
यस अभियानमा सर्वसाधारणको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारको अभिनयसहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देशहरु विकास गरी नियमित रुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।
कुमारी बैंकले विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको छ । वित्तीय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ ईकाइमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।
आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमिक्त सहकार्यहरु गर्दै जाने समेत बैंकले प्रतिबद्धता जनाएको छ ।
Comments are closed.