काठमाडौं । कुमारी बैंक लिमिटेडले हात्तिगौडा शाखामार्फत बुढानीलकण्ठ नगरपालिका वडा नं.४ को समन्वयमा महिला तथा युवा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले तालिमबाट धेरै ज्ञानार्जन गर्न सकिने भएकाले दैनिक व्यवहारिक जीवनमा प्रयोग गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नंंं. ४ मा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाको लागि एकदिने उद्यमशीलता प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । यस कार्यक्रमले वडामा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाको जीवनस्तर उकास्न तथा व्यवसाय र उद्यमलाई प्राथमिक रूपमा अगाडि बढाउन प्रोत्साहन मिल्ने उद्धेश्य लिएको वडा नं ४ का वडाध्यक्ष श्रीराम के.सी.ले बताए । वित्तीय ज्ञान, सिप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रुपमा उद्यमशिलता प्रवद्र्धन तथा विकास हुने बैंकले विश्वास लिएको छ ।
कुमारी बैंकले यस अभियानमा सर्वसाधारणको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारको अभिनय सहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देशहरु विकास गरी नियमित रुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ । उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरुको प्रवद्र्धन तथा विकासमा टेवा पु¥याउदै आर्थिक रुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्नेछ ।
कार्यक्रममा २ सय भन्दा बढी महिला तथा युवा उद्यमी सहभागी थिए । युएसएड सँगको साझेदारीमा बैंकले ‘देशैभरी बर्षैभरी’ उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तीय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ ईकाइमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत बैंकले प्रतिबद्धता जनाएको छ ।
Comments are closed.