कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुचारु

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो सेवा सूचीमा नयाँ नवप्रवर्द्वन थप्दै कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुचारु गरेको छ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा सुरु गरिएको यो सेवा बैंकको मोबाइल बैंकिङ एप कुमारी स्मार्टमार्फत सहज रूपमा प्रयोग गर्न सकिनेछ ।

भर्चुअल क्रेडिट कार्ड भनेको कुनै भौतिक कार्ड नभई डिजिटल रूपमा जारी गरिने क्रेडिट कार्ड हो । ग्राहकले आफ्नो कुमारी स्मार्ट एपमार्फत सहजै मोबाइलबाट सुचारु गर्न सक्नेछन् । फोनपेको क्यूआर मर्चेन्टमा पेमेन्ट कारोबार गर्न सकिने यस भर्चुअल क्रेडिट कार्डको भुक्तानीका लागि ग्राहकले अधिकतम ४५ दिनसम्म बिना ब्याज (शर्तहरु लागु हुनेछ) उपभोग गर्न सक्नुका साथै सेटलमेन्टमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्प समेत छान्न सक्नेछन् ।

विगत २४ वर्षदेखि निरन्तर सेवा दिँदै आएको कुमारी बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिँदै आफ्ना ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाइमार्फत सुरक्षित, अत्याधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आएको छ ।

एटिएम, पोस तथा ग्रीन पिन सुविधा विस्तार गर्नुका साथै भिसा, मास्टरकार्ड तथा युपिआई स्वीकार्यता देशभरका एटिएम तथा पिओएसमा लागू गर्दै डिजिटल कारोबारको पहुँच बढाएको बैंकले आगामी दिनमा पनि विद्युतीय कारोबारलाई प्रथमिकता दिई अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाहरु प्रदान गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.