कुमारी बैंकका ग्राहकलाई क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्रमा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र भाटभटेनी टंगाल, काठमाडौंस्थित क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र बीच सम्झौता भएको छ ।

बैंकका ग्राहकलाई सो ल्याबबाट प्रदान गरिने विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिएको छ । सम्झौता बमोजिम ल्याबबाट प्रदान गरिंदै आएका सेवामा ग्राहकलाई आन्तरिक ल्याब टेष्टमा २० प्रतिशत र बाह्य ल्याब टेष्टमा १० प्रतिशतसम्म छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको यस बैंकले वित्तीय साक्षरता प्रवद्र्धन गर्दै देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ ईकाइमार्फत ग्राहकलाई प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा पनि सेवाका निमित्त सहकार्य गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।

 

You might also like

Comments are closed.