गोरखा । कुमारी बैंक लिमिटेडको अगुवाईमा ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
गोरखाको पालुङटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एम. ए. पावर प्रालिले ९० मेगावाटको मस्र्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्नेछ ।
लगानी सम्झौता एम. ए. पावर प्रालिका अध्यक्षअनुप आचार्य र कुमारी बैकका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काको उपस्थितिमा कुमारी बैक, प्रभु बैक, सिद्धार्थ बैक, कृषि विकास बैंक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंकको रु. १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निर्माण हुने गरी ऋण सम्झौता सम्पन्न भएको छ ।
स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । साथै डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशत सम्म स्वपुँजी लगानी रहने कम्पनीले जनाएको छ । यही समूहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेडमार्फत सेतीखोला जलबिद्युत आयोजना २२ मेगावाट निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
आयोजनाको नेपाल बिद्युत प्राधिकरण सँग २०८० साल कात्तिक १ गते बिद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन शुरु गर्नुपर्ने मिति २०८६ साल वैशाख २२ रहेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतीका लागी सम्बन्धित निकायमा अन्तिम चरणमा रहेको छ ।
आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०/१३२ केभीमा जोडिनेछ ।
Comments are closed.