काठमाडौं । विश्व सप्ताह २०२५, को अवसरमा कुमारी बैंक लिमिटेडले ७ प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । सहभागीलाई बैंकिङ प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजनाबारे जानकारी दिइएको छ ।
डिजिटल वित्तीय सेवाको बढ्दो प्रयोग, वित्तीय प्रभावदाताको प्रभाव र कृत्रिम बुद्धिमत्ताको प्रवेशले सर्वसाधारण, युवालाई सही वित्तीय जानकारी छनौट गर्न चुनौतीपुर्ण बनाइरहेको सन्दर्भमा बैंकले सचेत र जिम्मेवार वित्तीय निर्णय लिन सहयोग पु¥याउने उद्देश्य राखेको छ ।यस अभियानमार्फत बैंकले युवालाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छ ।
कुमारी बैंकले भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ । बैंकले वित्तीय साक्षरता प्रवद्र्धन गर्दै देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ ईकाइमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
Comments are closed.