कुमुदिनी होम्स माविमा शैक्षिक परामर्श कार्यक्रम

पोखरा । पोखरा ४ गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शिक्षकका लागि बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई सम्बन्धी प्रशिक्षण तथा परामर्श कार्यक्रम भएको छ ।

जेनजी आन्दोलनले पारेको प्रभावलाई मध्यनजर गर्दै पठनपाठनलाई व्यवस्थित बनाउने सन्दर्भमा जुममार्फत परामर्श दिइएको विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका परामर्शदाता डा.रविन कटवाल, चाँदनी घिमिरे र प्रशान्त श्रेष्ठले सहजिकरण गरेका हुन् ।

हालै उत्पन्न पस्थितिले विद्यालय, शिक्षक, विद्यालय प्रशासन तथा अभिभावकमा परेको असरलाई कम गर्न, पहिले जस्तै विद्यार्थीमा स्फुर्तिका साथ अध्ययनमा रुचि जगाउन र अभिभावकलाई आफ्ना बालबच्चा विद्यालय पठाउन अभिप्रेरित होस् भन्ने हेतुले कार्यक्रम गरिएको अध्यक्ष पालिखे बताउँछन् ।

डा. कटवालले कक्षाकोठामा जेनजीलाई कसरी सम्हाल्ने र पढाईप्रति उत्प्रेरित गराउने ? जेनजीका इच्छा र भावनालाई संवोधन गर्ने ? विद्यार्थीहरु पढ्ने समयमा सामाजिक संजाल, इन्टरनेटमा घोत्लिरहेका हुन्छन्, उनीहरुहरुलाई सहि दिशानिर्देश गर्न र अब्बल बनाउन कसरी व्यवहार गर्ने लगायका विषयमा परामर्श दिएका छन् ।

शिक्षाका लागि “सधैं उच्च लक्ष्य” को मूलमन्त्रसहित साढे तीन दशकदेखि यो विद्यालय अगाडि बढिरहेको छ ।

You might also like

Comments are closed.