कागेश्वरी मनोहराका मतदाता पोख्रेलको पक्षमा

कठमाडौं । काठमाडाैं क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले वडा नं ८ स्थित कागेश्वरी मनोहराका मतदातासँग भेटघाट गरेकी छिन् ।

भेटघाटका क्रममा मतदाताहरुले अन्यले यस क्षेत्रबाट चुनाव जितेर गएको तर फर्केर नआएको गुनासो गरेका छन् । एक स्थानीय मतदाताले भने, ‘यहाँ कहाँ, कहाँबाट झक्कुप्रसाद सुवेदी भोट माग्न आए, हामीले दियौं जिते पनि तर फेरि फर्केर आएनन् । त्यसैगरी माधवकुमार नेपाल भोट माग्न आए, चुनावपछि मतदाताको पिरमर्का बुझ्न एकपटक पनि फर्केर आएनन् । अब, यो क्षेत्रमा नयाँ अनुहारले चुनाव जित्नुपर्छ ।’

jutta mela

यसैगरी नेताहरुले चुनाव जित्ने अनि फर्केर नआउने हो भने क्षेत्रले फेरि दुर्गति झेल्नुपर्ने देखिन्छ । भेटघाटका क्रममा पोख्रेलले आफूलाई जनताले जिताए यो क्षेत्रका समस्या बुझ्न र समाधान गर्न तथा नियमित भेटघाटमा आइरहने र आइपरेका काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यसले पनि काठमाडौं क्षेत्र नं २ मा कुन्ती पोख्रेलको लोकप्रियता बढ्दै गएको देखिन्छ । आम मतादाताहरु अपेक्षा गरे भन्दा ठूूलो संख्यामा उनको पक्षमा उपस्थित भइरेहेका छन् । यी परिदृश्यले यो पटक पोख्रेलको जित सुनिश्चित रहेको मतदाताहरुले बताइरहेका छन् ।

You might also like

Comments are closed.